• Sunday 25th of October 2026

५ हजार ३०० ले बढ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ५ हजार ३०० रुपैयाँले बढेको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ थियो । यस्तै तेजबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँ कायम थियो । यस्तै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ कायम छ । यो तोलामा ५ हजार ३०० रुपैयाँको वृद्धि हो ।

यो साता नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भयो । नेपालमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ अहिलेसम्म पुगेको थिएन । यस्तै यो साता चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्मको अवधिमा १८ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖