• Sunday 25th of October 2026

प्रधानमन्त्री दाहाल चितवनको जंगल सफारी रिसोर्टमा, महत्वपूर्ण निर्णय लिने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारसहित रिफ्रेशमेन्टको लागि चितवनको एक रिसोर्टमा पुगेका छन् ।

बेलाबेलामा काठमाडौं बाहिर परिवारसहित बास बस्नेगरि प्रचण्ड निस्किने गरेका छन् । यसपटक भने उनी गृहजिल्ला चितवनको जंगल सफारी रिसोर्टमा पुगेका छन् । प्रधानमन्त्री दाहालसँगै उनका छोरीहरु रेनु र गंगा दाहालपनि सहभागी छन् ।

महत्वपूर्ण निर्णयहरु लिनुअघि प्रधानमन्त्री दाहाल गुप्तवास बस्दै आएका छन् । पार्टीका महत्वपूर्ण डकुमेन्ट लेख्ने बेलामा वा कुनै महत्वपूर्ण राजनीतिक निर्णय लिने बेलामा दाहालले काठमाडौं छोड्ने गरेका छन् । उनको नियमित जाने ठाउँ भनेको सिन्धुपाल्चोकको सुकेट हो ।

यसपटक भने दाहाल गृहजिल्ला चितवन पुगेका हुन् । उनी भोलिमात्रै काठमाडौं आउने बताईएको छ । file photo

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖