• Sunday 25th of October 2026

देउवालाई फेरि धोका, मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउन माधव नेपाल सहमत


  • धनकुटा खबर
  • .

काठमाडौं, १९ जेठ । मधेश प्रदेशमा नेपाली कांग्रेससहितको सरकार बनाउने प्रयास असफल भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन सहमत भएपछि कांग्रेसको प्रयास पुनः विफल भएको हो ।

मधेशमा अहिले जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार छ । जसपा नेपाल विभाजन भएपछि मुख्यमन्त्री सरोज कुमार यादव अल्पमतमा छन् । अल्पमतमा रहेका यादवलाई विश्वासको मत दिलाउन जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेससँग मिलेर विपक्षी गठबन्धन बनाउने प्रयास गरेका थिए ।

सो क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा लामो छलफल भएको छ । अन्ततः एकीकृत समाजवादीका अध्यक्ष नेपाल वर्तमान सत्ता समीकरणतिरै फर्किएपछि जसपा नेपालका अध्यक्ष यादव र कांग्रेस सभापति देउवाको प्रयास यसपटक पनि खेर गएको छ । File Ph

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖