• Sunday 25th of October 2026

आदिवासीहरूको इमानदारिता र खसहरूको चातुर्य मिले मात्र देश बन्छ :सुदन किरांती


  • धनकुटा खबर
  • .

काठमाडौँ । आदिवासीहरूको इमानदारिता र खसहरूको चातुर्य मिले मात्र देश बन्ने नेकपा माओवादी केन्द्रका नेता नेता सुदन किरातीले बताएका छन् । पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका किरातीले बूढानीलकण्ठमा आयोजित साकेलामा यस्तो बताएका हुन् ।

किरातीले भने, ‘अहिलेसम्म इमानदारहरू बढी सोझा भए चतुरहरू इमानदार बन्न सकेनन् । यो दुई प्रवृत्तिलाई मिलाएर मात्र देशले फड्को मार्छ । यो कुरा पहिले पनि नरहरि आचार्यले समेत बताइसक्नु भएको हो ।’

‘आदिवासीहरू अहिलेसम्म विश्वमा इमानदार र बहादुरीले कहलिएका छन् । खसहरू चतुर छन् यो दुईलाई मिलाएर अव देशको अवस्था बदल्नुपर्छ ।

संविधानको मर्मअनुसारको ऐन र कानुनहरू निर्माणमा भएको ढिलासुस्तीका कारण भने जस्तो हामीले गति लिन सकेका छैनौ,’ उनले थपे । देश र जनतालाई प्राथमिकतामा राखेर दृढतापूर्वक अगाडी बढ्ने हो भने वर्तमान निराशालाई चिर्न सकिने समेत किरातीले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖