• Sunday 25th of October 2026

उच्च मूल्यबाट घट्यो सुन


  • धनकुटा खबर
  • .

२० जेठ, काठमाडौं । सुन उच्च मूल्यबाट तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार १ लाख ४२ हजार २ सय रुपैयाँ थियो । शुक्रबारको मूल्य नेपाली बजारमा इतिहासकै उच्च हो । बजेटमा भन्सार दर ५ प्रतिशत विन्दुले बढेपछि नेपाली बजारमा मूल्यले शुक्रबार सबै रेकर्ड तोडेको हो ।

चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ८५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖