• Sunday 25th of October 2026

गृहमन्त्री लामिछानेलाई झड्का,दिएको आदेश सर्बोच्चले उल्टायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । ट्राफिक नियम उलङ्घन गर्ने चालकलाई सडकमा स्वयंसेवकको रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चमा कृष्ण विकलगायतले गृहमन्त्रीको निर्णयविरुद्ध रिट दायर गरेका थिए । जेठ १५ गते उपप्रधानमन्त्री समेत रहेका लामिछानेले सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकको रूपमा खटाउन मातहतका निकायलाई निर्देशन दिएका थिए । जुन निर्णय विवादमा परेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖