काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच विवाद चुलिएको छ ।
काठमाडौं महानगर प्रमुख शाहले आज विहान एमाले अध्यक्ष ओलीले गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा एक खर्ब (१० हजार करोड) भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
आज संसद् भवन परिषरमा सञ्चारकर्मीहरुले एमाले अध्यक्ष ओलीलाई गिरीबन्धुबारे जिज्ञासा राखेका थिए । सञ्चारकर्मीहरुको जिज्ञासामा ओलीले ‘बालेनलाई सोध्नु’ भन्दै पन्छिए ।
