• Sunday 25th of October 2026

एमाले अध्यक्ष ओलीले यो तस्बीर सेयर गर्दै भन्छन् : फेशबुक नहेरेको एक साता बितेछ, आज पोष्ट्याए श्रीमती राधिकासँगको फोटो


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सामाजिक सञ्जालमा सक्रिय नेताको रुपमा चिनिन्छन् । पार्टीका विभिन्न कार्यक्रममा सरिक हुँदा उनी बालकोट नामको फेशबुक पेजमार्फत सक्रिय हुँदै आएका छन् । उनको नाममा रहेको केपी शर्मा ओली नामक पेजमा भने उनी कमै सक्रिय हुने गरेका छन्।

उनी आज साँझ त्यही पेजमार्फत प्रस्तुत भएका छन् । उनले आफूले फेशबुक नहेरेको आज एक साता बितेको उल्लेख गरेका छन् । आज भने उनले पत्नी राधिकासँग गोसाईंकुण्ड जाँदाको तस्विर साझा गरेका छन् ।

आजमात्रै काठमाडौंका मेयर बालेन्द्र शाहले फेसबुक पेजमार्फत ओलीविरुद्ध गिरिबन्धु टि-स्टेटको जग्गा प्रकरणमा मुछेर कडा टिप्पणी गरेका छन् ।

यता, ओलीले भने फेशबुक नहेरेको धेरै दिन भएको भन्दै आज साँझमात्रै हेरेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-

फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ। राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो। यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ। शुभ रात्रि !!

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖