• Sunday 25th of October 2026

सहकारी काण्डका फरार अभियुक्त जीबी राई यसरी भागेका रहेछन् चोर बाटोबाट मलेसिया


  • धनकुटा खबर
  • .

काठमाडौं – सहकारी काण्डका मुख्य फरार अभियुक्त जीबी राई चोरबाटो प्रयोग गरि फरार भएको खुलेको छ। सहकारीका बचत कर्ताले आफ्नो बचत फिर्ता गर्न दवाव दिन थालेपछि चोर बाटो प्रयोग गरि फरार भएका हुन्।

अध्यागन विभागका एक अधिकारीका अनुसार, विदेश भ्रमण गर्न जीबी विमानस्थल पुगेका थिए उनको भ्रमण रोक्काका लागि सहकारी विभागले पत्राचार गरेका कारण फिर्ता गरिएको थियो ।

अध्यागमनले बिमनास्थालबाट फिर्ता गरेपछि जीबी राईसहितका सहकारीका सञ्चालक समितिका ६ जनाले बचतकर्ताको रकम आफ्नो अचल सम्पत्ति बिक्री गरेर भएपनि फिर्ता गर्ने सम्झौता सहकारी विभागमै पुगेर गरेका थिए ।

सहमतिपछि उनी भारतीय बाटो प्रयोग गरी तेस्रो मुलुक भागेको प्रहरीको दाबी छ । ‘हाम्रो नयाँ कृषि सहकारी’को विवाद आएपछि अन्य सहकारीको समेत विवाद आउने संकेत देखिएपछि उनी फरार भएका हुन् ।

उता, जीबी राईको पासपोर्ट रोक्का गर्ने काम भने एक वर्षअघि भएको खुलेको छ । सहकारी विभागले उनी कुनै पनि विदेश भाग्न सक्ने भन्दै उनलाई रोकिदिन आग्रह गरेको पाइएको छ । सहकारी विभागको आग्रह पछि पनि मलेसिया उड्न राई त्रिभुवन विमानस्थल पुगेका थिए, २०७९ पुसमा । विमानस्थलस्थित अध्यागमन विभागले नियन्त्रणमा लिएर फिर्तासमेत गरेको खुलेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖