• Wednesday 21st of October 2026

वाराणसीबाट नरेन्द्र मोदीको ‘ह्याट्रिक’


  • धनकुटा खबर
  • .

एजेन्सी —भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी क्षेत्रबाट ‘ह्याट्रिक’ जित हात पारेका छन् । भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रोपल्ट सांसद चुनिएका हुन् ।

मोदीले ६ लाख १२ हजार ९ सय ७० मत ल्याउँदा रायले ४ लाख ६० हजार ४ सय ५७ मत पाएका छन् ।

२०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए । त्यस्तै २०१९ को चुनावमा उनले समाजवादी पार्टीकी शालिनी यादवलाई हराएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖