• Wednesday 21st of October 2026

सेनाका एक सिपाहीको उपचारका क्रममा मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं: नेपाली सेनाका एक सिपाहीको उपचारका क्रममा मृत्यु भएको छ। सुदूरपश्चिमस्थित कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणी स्थायी घर भएका सैनिक महेन्द्र सिंहको मृत्यु भएको हो।

पारिवारिक स्रोतका अनुसार सिंहको उपचारका क्रममा काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा मृत्यु भएको हो।

उनी केही वर्ष पहिले सेनाको ब्यारेकमा काम गर्दै गर्दा लडेर घाइते भएका थिए। सो क्रममा उनको मेरुदण्ड नै भाच्चिएर उपचार थालिएको थियो।

तर उपचारकै क्रममा उनको हिजो मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖