• Sunday 25th of October 2026

विप्लव र उपेन्द्र यादवबिच भेटवार्ता,के भयो कुराकानी ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवबिच बुधबार दिउँसो विप्लव निवास ललितपुर हरिसिद्धीमा भेटवार्ता भएको छ ।

महासचिव विप्लवसहित सोही पार्टीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई भेट्न अध्यक्ष यादव विप्लव निवास ललितपुर हरीसिद्वी पुगेको पार्टी निकट पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले बताए ।

भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समाजवादी मोर्चालाई अगाडि बढाउने विषयमा नेताहरूबिच छलफल भएको बुझिएको छ । जवाफमा यादवले समाजवादी मोर्चा वृहत् र एकताबद्ध बनाउन आफू सकारात्मक रहेको प्रतिक्रिया दिएको बुझिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖