• Wednesday 21st of October 2026

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेपछि


  • धनकुटा खबर
  • .

दाङ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको घोराही उपमहानगरपालिका-१७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीया दिननाथलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । 

दिननाथले ती बालिकालाई सोही ग्रिल उद्योगमा सोमबार बेलुकी मोबाइल देखाउने बहानामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖