• Wednesday 21st of October 2026

दक्षिणकालीमा दुर्घटना परेर मृत्यु भएका दुई जनाको सनाखत


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–८ स्थित केराबारीमा मोटरसाइकल सहित सडकबाट खसेर मृत्यु भएका दुई जनाको पहिचान भएको छ ।

मृत्यु हुनेमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्सिया सबिना राई छन् ।

प्रदेश–३–०२–००७ प ३८१२ नम्बरको पल्सर मोटरसाइकल सहित उनीहरू सडकबाट २ सय मिटर तल खसेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।

इलाका प्रहरी कार्यालय फर्पिङ र विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट खटिएको टोलीले घटनास्थलबाट शव निकालेको छ । घटनास्थलबाट टुक्रिएको अवस्थामा मोटरसाइकलको पाटपुर्जा सङ्कलन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖