• Tuesday 6th of October 2026

पायल्स के कारणले हुन्छ ?


  • धनकुटा खबर
  • .

काठमाडौँ – पायल्स, निकै कष्टकर समस्या हो। तर, लाजको कारण धेरैले रोग लुकाउँछन्। दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन् बढ्ने चिकित्सक बताउँछन्।

कब्जियत नै पायल्सको मूल कारण हो। जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ। त्यही बलले भित्रका रक्त शिरालाई तन्काइदिन्छ। यो क्रमशः फैलन थाल्छ र गिर्खा बन्छ। पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ।

जबसम्म समस्याले जटिल रूप लिँदैन, तबसम्म उपचार खोजिँदैन। मलद्वार र मलाशयका भित्तामा रहेका रक्तनली सुन्निने र त्यसबाट उत्पन्न हुने विभिन्न समस्या नै पायल्स हो। मैदाबाट बनेका खानेकुरा धेरै खानाले पनि पायल्स हुने गर्छ। अनियमित खानपान पनि यसको कारण हुनसक्छ।

पायल्स हुँदा के खाने के नखाने ?
पायल्स भएका व्यक्तिले सधैँ फाइवरयुक्त खाना खानुपर्छ। घरमा बनाएको खाना खानु उपयुक्त हुन्छ। खाना तोरीको तेलमा बनाउनु राम्रो हुन्छ। पर्याप्त मात्रामा पानी खानुपर्छ।

दैनिक रूपमा सागपात, हरियो तरकारी, फलफूल धेरै खानुपर्छ। बाहिरको प्याकिङ गरिएको, मैदाबाट बनेको खानेकुरा सकेसम्म खानु हुँदैन। अदुवा, रातो मासु, सुख्खा खानेकुरा खानु हुँदैन। धूम्रपान मद्यपानको सेवन गर्नु हुँदैन।

पायल्सको उपचार कसरी गरिन्छ ?
पायल्सको उपचारको प्रक्रिया फरक फरक हुन्छन्। पायल्स भएको सुरुको अवस्थामा छ भने औषधि खाएर पनि निको हुन्छ। तर, समस्या बढिरहेको र मासु बाहिर निस्किएको छ भने छारसुत्र विधिबाट निकाल्न सकिन्छ।

लेप लगाउने विधिबाट पनि निको बनाउन सकिन्छ। यदि भएन भनेर अप्रेसन गर्न सकिन्छ। हामीले उपचार गर्दा मासुमा मात्र ध्यान नदिएर पेटको कारणले भएको छ भने पेटलाई ठिक राख्नुपर्छ।

पेटलाई ठिक राख्यो भने एक पटक अप्रेसन गरेपछि फेरि हुने सम्भावना कम हुन्छ। तर, ठिक भयो भने जे खानेकुरा पनि खानु हुँदैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖