काठमाडौं । आफ्नै घरमा काम गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत प्रहरी इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो ।
सिवाकोटीलाई एक १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बालिकाले महानगरीय प्रहरी वृत्त स्वयम्भूमा सिवाकोटीले आफूमाथि यौन दुर्व्यवहार गरेको उजुरी गरेकी थिइन् ।
उजुरी लगतै प्रहरी वृत्त स्वयम्भूले सिवाकोटीलाई नियन्त्रणमा लिएको हो । सिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
