• Sunday 25th of October 2026

त्रिभुवन विमानस्थलको धावन मार्गमा फेरि खाल्डो पर्‍यो, उडान र अवतरण बन्द


  • धनकुटा खबर
  • .

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि सबै उडान बन्द गरिएको छ।

धानवमार्गमा सानो आकारको खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान अवतरण बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

१० मिनेट भन्दा बढि समयदेखि उडान अवतरण बन्द गरेर धावनमार्ग मर्मत भइरहेको उनले बताए । मर्मत सकिएर नियमित सुचारु हुने निरौलाको भनाइ छ ।

यसअघि जेठ ११ गतेपनि धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान अवतरण बन्द गरिएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖