• Sunday 25th of October 2026

त्रिभुवन विमानस्थलको धावनमार्ग चर्किएपछि एक घण्टा उडान अवरुद्ध


  • धनकुटा खबर
  • .

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि रोकिएको उडान तथा अवतरण अहिले फेरि सञ्चालनमा आएको छ।

विमानस्थलको धावनमार्ग चर्किएपछि पछि आज साँझ ४ः५५ बजेदेखि ६ बजेसम्म अन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान अवरुद्ध भएको विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।

उनले भने, ‘धावनमार्ग चर्किएपछि अन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान करिब एक घण्टा जति रोकिएका थिए, अहिले मर्मतपछि सबै उडान तथा अवतरण सञ्चालन भएका छन्।’

यसअघि यही जेठ ११ गते पनि धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी–डी) मा (क्य्राक) चिरा देखिएपछि उडान अवरुद्ध भएको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖