• Wednesday 21st of October 2026

इटहरीकी दुर्गा रिमालको विराट नर्सिङ होममा शङ्कास्पद मृत्यु


  • धनकुटा खबर
  • .

इटहरी : इटहरी-५ सिमरबनाकी दुर्गा रिमाल (घिमिरे) बुधवार विराट नर्सिङ होममा भर्ना भइन् । जिउ र पेट सामान्य दुखेको भन्दै अस्पताल पुगेकी उनलाई डाक्टरको सल्लाह अनुसार भर्ना गरिएको हो ।

सामान्य अवस्थामा अस्पताल भर्ना भएकी उनलाई बिहीबार डाक्टरले मृत घोषणा गरेपछि विराट नर्सिङ होमको अवस्था तनावग्रस्त बनेको छ । खाजा खाएर अस्पतालको तला माथि हिँड्दै चढेकी उनलाई अत्यधिक औषधि प्रयोग गरेपछि निधन भएको परिवार श्रोतले जनाएको छ ।

एकै पटक लगातार पाँच वटा भन्दा बढी सिरिन्जबाट औषधि चलाएको परिवारका सदस्यहरू बताउँछन् । मुटुमा समस्या आएको कारण बिरामी अचेत भएको बताउँदै आएका डाक्टरले बिहीबार मृत घोषणा गरेका हुन् । डाक्टरहरू भानु न्यौपाने र डाक्टर ललित राजवंशीको लापरबाहीको कारण बिरामीको मृत्यु भएको परिवारजनले बताएका छन् ।-कपुरी न्यूजबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖