• Wednesday 21st of October 2026

प्रहरी इन्स्पेक्टर शिवाकोटीमाथि बलात्कार मुद्दामा अनुसन्धान गर्न अदालतको अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर विदुर शिवकोटीलाई बलात्कार मुद्दामा अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटी बुधवार साँझ पक्राउ परेका हुन् । आफ्नो घरमा बस्ने किशोरीलाई उनले बलात्कार गरेको आरोप छ । काठमाडौँ महानगरपालिकाको टोली र प्रहरीले स्वयम्भू स्थित घरबाट किशोरीलाई उद्धार गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ । उनी उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖