काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी वृद्धि भएको छ । उक्त दिन सुनको भाउ प्रतितोला २८०० रुपैंयाले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला ७५ रुपैंयाले बढेर १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
