• Sunday 25th of October 2026

आरजुको समितिमा पुगे गृहमन्त्री लामिछाने


  • धनकुटा खबर
  • .

प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको बैठकमा गृहमन्त्री रवि लामिछाने उपस्थित भएका छन् ।

औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता दिने विषयमा डा. आरजु देउवा सभापति रहेको समितिले शुक्रबार आयोजना गरेको छलफलमा गृहमन्त्री सहभागी भएका हुन् ।

बैठकमा अर्थमन्त्री वर्षमान पुन पनि सहभागी छन् ।

सरकारले औषधीय प्रयोजनका लागि गाँजा खेतीलाई वैधानिकता प्रदान गर्ने तयारी गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

समितिमा विभिन्न मन्त्रालयका सचिवलहरू पनि सहभागी छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖