• Wednesday 21st of October 2026

ग्यास बुलेटले युवतीलाई ठक्कर दिएपछि…


  • धनकुटा खबर
  • .

मकवानपुरमा ग्यास बुलेट गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको को मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने मनहरी गाउँपालिका वडा नम्बर-९ रजैयामा ग्याँस बुलेट गाडीमा मोटरसाइकल ठोक्किदाँ उनको मृत्यु भएको हो।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एएस–२५ डिसी ०२१२ नम्बरको बुलेट गाडीमा विपरित दिशाबाट आएको ग ७ प २३०४ नम्बरको मोटरसाइकल ठोक्किदाँ मोटरसाइकलमा पछाडि सवार पोखरा उपमहानगरपालिका ११ फुलबारी बस्ने ३३ वर्षकी निर्मला अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

उनको हेटौँडास्थित सीएमसी चुरेहिल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। मोटरसाइकल चालक सोही स्थान बस्ने वर्षका ३१ का सुवास गुरुङको सीएमसी चुरेहिल हस्पिटलमै उपचार भइरहेको छ।

ग्याँस बुलेट चालक भारतको विहार राज्य पटियार थाना सदियान सुदमी बस्ने ३७ वर्षका मनीन्द्र कुमार दास र ग्याँस बुलेटलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖