• Wednesday 21st of October 2026

नुहाउन गएका प्रतिकको डुबेर मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी: डडेल्धुराका एक युवकको नदीमा डुबेर ज्यान गएको छ। शुक्रबार जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोलीको कालाखोला भन्ने स्थानमा नदीमा डुबेर ज्यान गएको हो।

उनी आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए। शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण आफ्ना थप ५ जना साथीहरूसँग नदीमा नुहाउन गएका थिए।

अहिले उनको शव निकालिएको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖