• Wednesday 21st of October 2026

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक घुससहित पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् ।

अख्तियारले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सर्वेक्षक बेचनप्रसाद गुप्तालाई सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको ५० हजारसहित नापी कार्यालय, चन्द्रौटा नजिकैबाट पक्राउ गरेको जनाएको छ ।

अख्तियारले गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖