पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको व्यास–१ तालघरे नजिक बिहीबार साँझ स्कुटरले ठक्कर दिदाँ मृत्यु भएकी पैदलयात्री महिलाको पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा व्यास नगरपालिका–१४ केशवटार निवासी ५५ बर्षकी लुतुरी सुनार रहेकी छन् ।
मृतककी भाउज्यु मिठुमाया सुनारले शुक्रबार आएर मृतक महिलाको नामथर वतन खुलाएपछि सनाखत भएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
उनका अनुसार मृतकको महिलाको शव पोष्टमार्टमका लागि दमौली अस्पतालको शवगृहमा राखिएको छ ।
घाँसीकुवाबाट दमौलीतर्फ जाँदै गरेको हालसम्म नम्बर खुल्न नसकेको स्कुटरले ठक्कर दिदाँ सख्त घाइते महिलाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो । उनले भने,“फरार स्कुटर र चालकको व्यापक खोजी कार्य भैरहेको छ । ” प्रहरीले सिसि क्यामेराको फुटेज लगायतका विभिन्न माध्यमबाटअनुसन्धान कार्यलाई अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
