• Sunday 25th of October 2026

मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार भारत जाने


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारतको नयाँ दिल्ली जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले जानकारी दिदै प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्लीतर्फ प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने बताएको छ ।

प्रधानमन्त्रीसँग उनकी छोरी गंगा दाहाल, कानुनमन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत जाने परराष्ट्रले जनाएको छ ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आइतबार साँझ ७: १५ बजे शपथ लिने भएका छन् ।
  

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖