• Wednesday 21st of October 2026

आज कहाँ-कहाँ हुँदैछ हुरीसहितको वर्षा ?


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ २७ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभावका कारण कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी , कर्णाली र सदूररपश्चिम प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज रातीː कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेशको थोरै स्थानमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖