• Wednesday 21st of October 2026

आइतबार गर्नुहोस् यी काम, मिल्ने छ सफलता


  • धनकुटा खबर
  • .

काठमाडौँ – आज (आइतबार) साताको पहिलो दिन अर्थात ज्योतिष शास्त्रका अनुसार सूर्य भगवानको पूजाआजा गर्ने दिन ।

शास्त्रहरूका अनुसार जो व्यक्तिले सधैँ बिहान सूर्य देवलाई अर्घ्य दिन्छ, उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन। यदि तपाईँलाई सधैँ यसो गर्न समय अनुकूल हुँदैन भने आइतबार बिहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस्।

तामाको धातुमा सूर्यका अधिपत्य स्थापित छ त्यसैले भगवान आदित्य नारायणलाई जल अर्पण गर्दा तामाको भाँडोको प्रयोग गर्नुपर्छ । पानीको भाँडोमा अक्षता, रातो फूल तथा रातो खुर्सानीको केही दाना राख्नेले फाइदा हुन्छ । जल अर्पण गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस् ।

ॐ सूर्याय नमः
सूर्याय नमः ॐ ह्रीं ह्रीं सूर्याय नमः
ऊँ घृणिः सूर्यादित्योम
ऊँ घृणिः सूर्य आदित्य श्री
ऊँ ह्रां ह्रीं ह्रौं सस् सूर्यायस् नमः

आफ्नो सामर्थ्य अनुसार तामाको भाँडा, रातो कपडा, गहुँ, शखर र रातो चन्दन दान गर्दा पुण्य मिल्ने छ। आइतबारको दिन भगवान सूर्यलाई अर्घ्य दिएर दिनको शुरुवात गरेको खण्डमा साता भर सफलता मिल्ने धार्मिक मान्यता रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖