• Wednesday 21st of October 2026

भिरबाट लडेर एक शिक्षकको मृत्यु


  • धनकुटा खबर
  • .

रुकुम पश्चिममा भिरबाट लडेर एक जना शिक्षकको मृत्युु भएको छ । त्रिवेणी गाउँपालिका १० पेउघा घर भई सोही स्थानमा रहेको बालकल्याण माध्यमिक विद्यालय टोड्केमा कार्यरत शिक्षक भद्रबहादुर खड्काको मृत्यु भएको हो ।

बुधबार विद्यालयको काम सकेर घर जादै गर्दा घर नजिकैको भिरबाट खसेर मृत्यु भएको विद्यालयका प्रधानाध्यापक खम्ब बहादुर केसीले जानकारी दिनुभयो ।

भिरबाट लडेर गम्भीर घाइते हुनुभएका खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको बेला चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उहाँ भिरबाट लडेर करिब चार सय मिटर तल पुग्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖