• Sunday 25th of October 2026

एमाले काठमाडौंको नेतृत्व चयन प्रक्रिया आजबाट, कोको छन् प्रतिस्पर्धामा?


  • धनकुटा खबर
  • .

नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको सातौं जिल्ला अधिवेशन अन्तर्गत आइतबार बन्द सत्र हुँदैछ।

शनिबार उद्घाटन सत्र भएको थियो। आइतबार बिहानैदेखि प्रशिक्षण सुरू हुने र दिउँसो राजनीति, सांगठनिक तथा आर्थिक प्रतिवेदन पेश हुने गुञ्जमान सिंह बस्नेतले जानकारी दिए।

एमाले जिल्ला कमिटी काठमाडौंका अध्यक्ष दीपक निरौलाका अनुसार अधिवेशनमा ५८५ जना प्रतिनिधि सहभागी छन्।

अधिवेशनले २२५ सदस्यीय कमिटी निर्वाचित हुँदैछन्।
जिल्ला अधिवेशनमा दुई समूह बन्ने सम्भावना रहेको एक प्रतिनिधिले बताए।

उनका अनुसार काठमाडौं जिल्लामा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललको छुट्टाछुट्टै समूह बन्ने सम्भावना रहेको छ।
त्यसो त काठमाडौं जिल्ला अधिवेशनमा पूर्वराष्ट्रपति विद्या भण्डारीसमेतको चासो छ।

उनले वर्तमान जिल्ला अध्यक्ष दीपक निरौलालाई नै दोहोर्‍याउन चाहेको एक प्रतिनिधिले बताए।

त्यही कारण पूर्वराष्ट्रपति भण्डारी निकट नेताहरू निरौलाको पक्षमा उभिएका छन्। काठमाडौंको पूर्व जिल्ला अध्यक्षसमेत रहेका पोलिटब्युरो सदस्य कृष्ण राई, केन्द्रीय सदस्य सरिता न्यौपाने निरौलाको पक्षमा खुलेका छन्। निरौलालाई महासचि पोखरेलको साथ रहेको सो समूहका प्रतिनिधिको दाबी छ।

सो समूहबाट उपाध्यक्षमा विश्वराम सापकोटालाई अघि सार्ने तयारी रहेको ती प्रतिनिधिले बताए।

यता पूर्वमहानगर कमिटी अध्यक्ष रहेका निर्मल देउलालाई अर्को समूहले अध्यक्षमा अघि सारेको छ। देउलाको पक्षमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, पोलिट्ब्युरो सदस्य रामेश्व फुयाल, केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर, विद्यासुन्दर शाक्य लगायतको समर्थन छ।

देउला समूहबाट उपाध्यक्षमा काठमाडौं महानगरपालिकाका ३२ नम्बर वडाध्यक्ष नवराज पराजुलीलाई अघि सार्ने तयारी गरिएको छ। सचिवमा सत्यनारायण डंगोल र खुला उपसचिवमा गुञ्जमान सिंह बस्ने उम्मेदवार बन्ने तयारी गरेका छन्।

महिला उपसचिवमा दुवै समूहले काठमाडौं महानगरपालिकाकाी उपप्रमुख सुनीता डंगोललाई रुचि देखाएका छन्। उनी सर्वसम्मत उपसचिव बन्ने सम्भावना रहेको एक प्रतिनिधिले बताए।

पार्टी अध्यक्ष ओली कतै खुलेका छैनन्। उनले समर्थन गर्ने उम्मेदवारको पल्ला भारी हुने प्रतिनिधि बताउँछन्। अध्यक्ष ओलीले निर्मल देउलालाई समर्थन गर्ने सम्भावना रहेको ती प्रतिनिधिको भनाइ छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖