• Wednesday 21st of October 2026

मलेसियामा दुर्घटनामा परी रौतहटका युवकको मृत्यु


  • धनकुटा खबर
  • .

सञ्जय मिश्रा /रौतहट २७ जेठ । रौतहटबाट बैदेशिक रोजगारीमा मलेसिया गएका एकजना युवकको दुर्घटनामा परेर मृत्यु भएको छ।

रौतहटको कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका अवधलाल साह सोनारको २६ वर्षीय छोरा राकेश कुमार सोनार मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएको हो ।

मलेसिया स्थित कम्पनीबाट कामसकेर कोठामा फर्किनेकर्ममा गत १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ।

मृतकको को शव १० दिनपछी सनिवार साँझ उनको घरमा ल्याएर गएराती अन्तेष्टि गरिएको छ ।  

हिन्दू परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको डाहसंस्कार गरिएको कटहरिया ३ कारवडा अध्यक्ष श्यामान्त यादवले बताएका छन।

मलेसियास्थित नेपाली राजदूतावासले उनी कामगर्ने कम्पनीबाट  क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ ।

पछिल्लो एकवर्ष देखि उनी बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖