• Sunday 25th of October 2026

प्रधानमन्त्री जोगाउन पार्टी फुटाउनुपर्ने प्रवृत्ति विरोधाभासपूर्ण : भुसाल


  • धनकुटा खबर
  • .

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टी जोगाउन संसद् विघटन गर्नुपर्ने विषय विरोधाभास रहेको बताएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी जोगाउन संसद् विघटन गरिएको भनेर दिएको अभिव्यक्तिप्रति उनले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीको स्पष्टीकरण– एमाले समाप्त हुने देखेपछि संसद् विघटन गरेँ
“एकजना कम्युनिस्ट पार्टीको नेताले एउटा वक्तव्य दिनुभयो, संसद्को विघटन । नेकपा (एमाले) जोगाउनका लागि संसद्को विघटन गर्नुपर्ने थियो भन्नुभयो । जनताले लडेर ल्याएको हक, अधिकार संस्थागत गरिएका संविधानमाथि आक्रमण गर्नका लागि संसद् विघटन गरेर पनि जाग्नुपर्ने भयो,” उनले भने, “यो हाम्रो आन्दोनलको विरोधाभास हो।”

आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री पद जोगाउन पार्टी फुटाउनुपर्ने र गुट जन्माउने प्रवृत्ति पनि विरोधाभासपूर्ण रहेको बताए ।

“हाम्रो आन्दोलनको असाधारण विरोधाभास हो । पार्टी जोगाउन संसद् हान्नुपर्ने भयो । प्रधानमन्त्री जोगाउन पार्टी हान्नुपर्ने भयो । गुट जोगाउन विधिविधान हान्नुपर्ने भयो । मूल्य, नैतिकता, आदर्श तोड्नुपर्ने भयो । कम्युनिस्ट पार्टी भाँच्नुपर्ने भयो,” भुसालले भने ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖