दाङको देउखुरीमा श्रीमानको तरकारी पकाउने कराही प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।
गढवा गाउँपालिका २, पचहिया निवासी बर्ष २६ का रन्जित चौधरीले आफ्नै श्रीमती बर्ष २१ की कमला चौधरीलाई गत जेष्ठ २४ गते राती करिब ९ बजेको समयमा
तरकारी पकाउने कराही प्रहार गरी गम्भिर घाइते बनाएका थिए ।
गम्भीर भएकी कमलाको बुटवलको क्रमिसन हस्पिटलमा उपचारका क्रममा आज आइतवार बिहान ८ मृत्यु भएको ईलाका प्रहरी कार्यालयल गढुवाकी प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयोे ।
श्रीमान रन्जितलाई ईलाका प्रहरी कार्यालय गढवाले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
