• Wednesday 21st of October 2026

५ लाख १४ हजार मूल्य बराबरको नक्कली नोटसहित काठमाडौंबाट २ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं— काठमाडौं प्रहरीले ५ लाख १४ हजार मूल्य बराबरको नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका—१४ कलंकीमा चिया पसल सञ्चालन गर्ने तारादेवी डंगोल छिन्। त्यस्तै नागर्जुन—५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ पनि पक्राउ परेकी छन्।

उनीहरुको साथबाट एक हजार दरको ५ सय १४ थान नक्कली नोट बरामद भएको काठमाडौं प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले शनिबार राति पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖