• Wednesday 21st of October 2026

राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा पौडी खेल्न गएका युवकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु भएको छ ।

राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा पौडी खेल्ने क्रममा अचेत भएका २३ वर्षीय उज्ज्वल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

पौडी पोखरीमा अचेत भएपछि उनलाई उपचारको लागी बी एण्ड बि अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । श्रेष्ठ ललितपुरको महांकाल गाउँपालिका–३ का स्थानीय हुन् ।

उनी ललितपुर स्थित बाफलमा बस्दै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖