• Wednesday 21st of October 2026

हराएको १६ दिनपछि झिलिबराङ् जंगलमा भेटिए चुमबहादुर


  • धनकुटा खबर
  • .

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८,नागी स्थायी घर भएका ७० बर्षिय ७० चुम बहादुर पुन हराएको १६ औैं दिनमा झिलिबराङ् जंगलमा सकुशल भेटिएका छन् ।

घरबाट सम्पर्कविहिन भएको १६ औैं दिनमा पर्वत जिल्ला मोदी गाउँ पालिका–१ झिलिबराङ् जंगलमा भेटिएको हिमाञ्चल मावि नांगीका प्रअ रमन पुनले जानकारी दिनुभयो ।

पूराना भलिबल खेलाडी समेत रहनुभएका पुन हराएपछि खोजीकार्यलाई तिब्रता दिइएको थियो । मोदी–१ भिलिबराङको जंगलमा भेटिनुभएका बृद्ध पुनको स्वास्थ्य अवस्था समान्य भएपनि चेकजाँच गर्नुपर्ने खोजीकार्यमा सक्रिय याम प्रसाद पुर्जाको भनाई छ ।

खोजीकार्यमा जुटेको टोलीले मेल खर्कमा बोरा, थर्मस,ढकायो,टुसा सहितको सामग्री भेटाएको थियो । किन र कसरी जंगलभित्र जानुभयो भन्ने बारेमा खुलेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖