• Thursday 22nd of October 2026

श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु


  • धनकुटा खबर
  • .

दाङको देउखुरीमा श्रीमानको कुटपिटबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

गढवा गाउँपालिका –२ पचहिया गाउँका २६ वर्षीय रन्जित चौधरीले २१ वर्षीया श्रीमती कमला चौधरी माथि कराही प्रहार गरेका थिए।
घरायसी विषयमा विवाद हुँदा जेठ २४ गते राति ९ बजेतिर रन्जितले श्रीमती कमलाको टाउकोमा कराही प्रहार गरेको इलाका प्रहरी कार्यालय गडवाकी प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन्।

कराही प्रहारबाट गम्भीर घाइते भएकी कमलालाई उद्धार गरी प्रहरीले सोही राति लमही अस्पताल पुर्‍याएको थियो।

त्यहाँबाट थप उपचारका लागि बुटवलको क्रिमसन हस्पिटल पुर्‍याइएको थियो। घाइतेको त्यही उपचारका क्रममा आइतबार मृत्यु भएको गढवाकी प्रहरी प्रमुख कार्कीले बताइन्।

उनका श्रीमान रञ्जितलाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कार्कीले बताइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖