• Monday 26th of October 2026

सुनचाँदी कतिमा हुँदै छ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । आइतबार उच्च बिन्दुबाट एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको हो ।महासङ्घका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ३०० रुपैयाँ थियो । आज सोही मूल्य कायम भएको महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖