• Thursday 22nd of October 2026

प्रश्नपत्र आउट गराएको आरोपमा टाइम्स कलेजका शिक्षकसहित २ जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । कक्षा १२ को प्रश्नपत्र आउट गराएको आरोपमा प्रहरीले डिल्लीबजारस्थित टाइम्स कलेजका शिक्षक सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टाइम्स इन्टरनेशनल कलेजका शिक्षक बागलुङ घर भएका केशव घिमिरे र पाल्पा रिडिकोट घर भएका २४ वर्षीय विकाश ज्ञवाली छन् । ज्ञवाली ट्युसन पढाउँछन् ।

वैशाख १४ देखि २६ सम्म सञ्चालित परीक्षामा उनीहरुले ह्वाट्स एपमा ग्रुप बनाएर प्रश्नपत्र आउट गराएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उनीहरू विरुद्ध शिक्षा ऐन–२०२८ अन्तर्गतको कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

आधा घण्टा अघि प्रश्नपत्र आउट गरेपछि ह्वाट्स एप ग्रुपमा हेरेर विद्यार्थीहरू परीक्षा हलमा प्रवेश गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖