• Thursday 22nd of October 2026

शोभा पाठकलाई ५ दिन थुनामा राख्न अनुमति


  • धनकुटा खबर
  • .

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले साइबर अपराधको कसुरमा पक्राउ परेकी शोभा पाठकविरुद्ध ५ दिनको म्याद थप गरेको छ । काठमाडौँ जिल्ला अदालतबाट ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रहरीको साइबर ब्यूरोले पाठकलाई सोमबार पक्राउ गरेको थियो । पारिवारिक र सामाजिक चरित्र हत्या गरेको आरोपमा अर्की एकजना महिलाले जाहेरी दिएपछि उनी पक्राउ परेकी हुन् । पाठकले पूर्वमन्त्री महेश बस्नेतविरुद्ध बलात्कार र भ्रूणहत्याको जाहेरी दिएकी थिइन् ।

तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बस्नेतविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको छ । सो निर्णयविरुद्ध पाठकले उच्च अदालतमा पाटनमा निवेदन दिएकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖