• Thursday 22nd of October 2026

केदारनाथमा मासु बेच्ने नेपाली पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं : भारतको केदारनाथ मन्दिर परिसर अगाडि मासु बेचेको आरोपमा एकजना नेपालीलाई भारतीय प्रहरीले पक्रेको छ ।

धार्मिकस्थलको मर्यादामा खलल पुर्याएको आरोपमा रोल्पा कोर्चाबांगका किरणबहादुरलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको अधिकारीहरूले जनाएका छन् ।

मासु पकाएर बेचेको आरोप लागेका किरणले केदारनाथ मन्दिर नजिकै पसल सञ्चालन गरेका थिए । मन्दिर वरपरका सर्वसाधारणसहित स्थानीय विपुल धर्मवाण र दर्जनौँ तीर्थालुले गत शुक्रबार किरणविरुद्ध प्रहरी प्रशासनमा लिखित उजुरी दर्ता गरेका थिए । सोही उजुरीका आधारमा पक्राउ गरी उनीविरुद्ध मुद्दा दर्ता गरिएको जनाइएको छ ।

केदारनाथ मन्दिर व्यापार संघको गेट नजिकै सञ्चालित किरणको पसलसमेत बन्द गरिएको छ ।

पसलमा खोजतलास गर्न पुगेको प्रहरीले बोरामा लुकाएर राखिएको मासु फेला पारेको प्रहरी निरीक्षक देवेन्द्र असवालले जनाएका छन् । केदारनाथका स्थानीय बासिन्दाले उनले धार्मिक भावनामा चोट पुर्याएको गुनासो गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖