• Monday 26th of October 2026

दीपक मनाङे भन्छन्: यस्तै हो भने २० पटक मन्त्री बन्छु


  • धनकुटा खबर
  • .

पोखराः गण्डकी प्रदेशमा नवनियुक्त मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले ठूला दलहरुका कारण प्रदेशमा अस्थिरता आएको बताएका छन् । उनले कांग्रेस, एमाले र माओवादीका कारण प्रदेश सरकार अस्थिर बनेको र आफूहरु चेपुवामा परेको बताए ।

प्रदेश सरकारका ७ वर्षमा छैटौं पटक मन्त्री बनेका उनले अहिलेकै अवस्था रहे २० पटकसम्म मन्त्री बन्नुपर्ने परिस्थिति आउने बताए । देशलाई मध्यावधिमा जानबाट रोक्न आफूले सधैं सकारात्मक भूमिका खेलेको उनको दावी छ ।

‘मध्यावधि चुनावमा जान्छ भन्ने लागेपछि मैले छोडेको हुँ । लामो राजनीति गर्नु भन्दा यही कार्यकाल राम्रो राजनीति गरौँ भन्ने लाग्यो । राम्रोसँग काम गरे आफ्नो जिल्ला त बनिहाल्छ,’ मनाङेले थपे, ‘एमालेलाई सपोर्ट गर्दा कांग्रेस रिसाउँदो रहेछ, कांग्रेसलाई सहयोग गर्दा फेरि एमाले रिसाउँदो रहेछ । फस्ने त हामी भयौँ नि! हामीले केही गल्ती नै गरेको छैन । फुटेको उनीहरू हो, म कहिल्यै फुटेको छु र?

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖