• Monday 26th of October 2026

गण्डकीका मन्त्री फणीन्द्रको सांसद पद धरापमा,पठाएनन् स्पष्टीकरणको जवाफ


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० जेठ । गण्डकी प्रदेश सभा सदस्य एवं मन्त्री फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र) ले सोधेको स्पष्टीकरणको बेवास्ता गरेका छन् । माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको कार्यालयले उनलाई आज बेलुका ७ बजेसम्म जवाफ पेश गर्न भन्दै हिजो स्पष्टीकरण सोधेको थियो । माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले तोकिएको समयावधिसम्म कुनै जवाफ नआएको बताए ।

‘हामीले हिजो स्पष्टीकरण सोधेका थियौं । आज बेलुका ७ बजेसम्मको समय दिइएको थियो । कुनै जवाफ आएको छैन । अब कारबाहीको प्रक्रिया अगाडि बढ्छ । प्रदेश सभा सचिवालयलाई बर्खास्त गरेको जानकारीको पत्र केही दिनमा दिन्छौं,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा चुमानले भने ।

गण्डकीका मन्त्री देवकोटा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । संयुक्त रुपमा एउटै दलको निर्वाचन चिन्ह प्रयोग गरेर निर्वाचित भएका सांसद जुन दलले बढी सिट जितेको छ, सोही दलको संसदीय दलको सदस्य हुने व्यवस्था राजनीतिक दल सम्बन्धि ऐन २०७३ को दफा ४९ मा रहेको छ । उक्त ऐनले संसदीय दलको ह्वीप प्रत्येक सदस्यलाई बाध्यकारी हुने उल्लेख गरेको छ । यसरी संसदीय दलको ह्वीप उल्लङ्घन गर्नेलाई बर्खास्त गर्ने अधिकार संसदीय दललाई रहेको छ ।

देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई पार्टी संसदीय दलको ह्वीप विपरीत विश्वासको मत दिएका थिए । देवकोटाको मतले मुख्यमन्त्री पाण्डे नेतृत्वको प्रदेश सरकार जोगिए पनि उनको सांसद पद भने धरापमा परेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖