• Thursday 22nd of October 2026

नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस त्रिशूलीमा खस्यो


  • धनकुटा खबर
  • .

पृथ्वी राजमार्गको फिस्लिङमा कारसँग ठोक्किएर बस त्रिशूली नदीमा खसेको छ।

इच्छाकामना गाउँपालिका वडा न. ३ फिस्लिङमा शुक्रबार बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसँग ठोक्किएर त्रिशूलीको किनारमा खसेको थियो।
दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन्।

घाइते सबैलाई उद्धार गरेर भरतपुरतर्फ ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिए।

बसमा सवार ३५ जना यात्रुमध्ये अन्य सकुशल रहेको उनले बताए।

बस सडकबाट करिब ५० मिटर तल नदीमा पुगेको थियो। कारमा चालकसहित ५ जना थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖