• Thursday 22nd of October 2026

रात्री बस त्रिशुलीमा खस्यो, घाइते २० मध्ये पाँच जना गम्भीर


  • धनकुटा खबर
  • .

काठमाडौ । चितवनको फिस्लिङमा कारसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ ।

इच्छाकामना गाउँपालिकाको फिस्लिङमा विपरित दिशामा रहेको कारसँग ठोक्किएको बस नदी किनारमा खसेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार बिहान करिब सात बजेतिर काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको कार र नेपालगञ्जबाट काठमाडौँ आउदै गरेको रात्री बस ठाक्किएका थिए । बसमा ३५ जना र कारमा ५ जना यात्रु सवार थिए ।

दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पाँच जनाको अवस्था गम्भीर छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖