• Thursday 22nd of October 2026

क्याम्पस प्रमुखको गोली हानी हत्या


  • धनकुटा खबर
  • .

काठमाडौं । बाराका एक क्याम्पस प्रमुखको गोली हानी हत्या भएको छ ।

मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको शुक्रबार गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । कुशवाहामाथि शुक्रबार साँझ गोली प्रहार भएको थियो ।

उनलाई गोली हान्ने समूहबारे केही जानकारी प्राप्त भइसकेको छैन । गोली लागेपछि उपचारका लागि न्यूरो अस्पताल लगिएको थियो ।

लगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । आदर्शकोतवाल गाउँपालिका २ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं ३ भतिनिया क्षेत्रमा गोली हानिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖