• Thursday 22nd of October 2026

गाउँकै सुरेन्द्रले बाराका कुश्वाहाको हत्या गरेको खुलासा, साँघुरिदै प्रहरी अनुसन्धान


  • धनकुटा खबर
  • .

काठमाडौ । बाराका रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुश्वाहाको हत्या व्यक्तिगत रिसइबीका कारण गाउँकै एकजनाले हत्या गरेको प्रकरणमा नयाँ मोड लिएको छ ।

घटनास्थलबाट प्राप्त एक भिडिओ ‘क्लिप’ले कुश्वाहा हत्या प्रकरणको खुलासाले गरे पछी बारा प्रहरी अनुसन्धान नै साँघुरो बनाइदिएको छ ।

क्याम्पस प्रमुख कुश्वाहा माथी गोली प्रहार भएपछि घाइते कुश्वाहाले त्यस बेला बोलिरहेको कुराहरुको भिडिओ सर्वसाधारणले रेकर्ड गरेका थिए सो भिडिओमा कुश्वाहाले आफूमाथि गोली प्रहार गरेको व्यक्तिका बारेमा बोलिरहेको देखिन्छ । जसले गर्दा २४ घण्टा नबित्दै प्रहरी अनुसन्धान ‘न्यारो डाउन’ तर्फ गएको अनुसन्धानमा संलग्न बारा प्रहरीका एक अधिकारीहरुको भनाई छ।

सर्वसाधारणले आफ्नो मोबाइलमा कैद गरेका ती भिडिओमा कुश्वाहाले भनेका छन गाउँकै सुरेन्द्र कुश्वाहाले गोली प्रहार गरेका हुन । उनको यो बयानले हत्याराको पहिचान भइसकेको अनुसन्धानमा संलग्न अधिकारीहरुको भनाई छ । अनुसन्धानमा संलग्न अधिकारीहरु मात्रै नभइ प्रमुख एसपी महेन्द्र खड्काले भिडिओ रेकर्ड भएकोबारे आफूलाई जानकारी पाइसकेकोे स्वीकारे ।

यता त्यो भिडिओमा गाउँका सुरेन्द्र कुश्वहाको नाम लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ । आरोपित कुश्वाहा भूपू आर्मीको जवान रहेको खुलेको छ । बाराका प्रहरी प्रमुख खड्काले पनि कुश्वाहा हत्या प्रकरणमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖