• Thursday 22nd of October 2026

बागमती नदी किनारमा युवकको शव फेला


  • धनकुटा खबर
  • .

रौतहट, २ असार । रौतहटको पूर्विभेग राजदेवी नगरपालिका-५ पताहिटोल गढैयास्थित बागमती नदी किनारमा पानीले बगाएर ल्याएको अवस्थामा एक युवकको शव फेला परेको छ।

पहिचान खुल्न नसकेका अन्दाजी २५ वर्षीय तराई मुलका युवकको शव नदी किनारमा घोप्टो परेको अवस्थामा शनिबार साँझ फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट इन्स्पेक्टर उमाशंकर प्रसाद गुप्ताको नेतृत्वको टोलीले शवको मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरेको रौतहट प्रहरी प्रवक्ता डीएस्पी एलिजा गिरीले बताइन्।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको हुँदा मृतकलाई चिन्न सक्ने व्यक्तिलाई प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖