• Thursday 22nd of October 2026

फैलँदै मनसुन, आज कहाँ-कहाँ पर्ला पानी?


  • धनकुटा खबर
  • .

काठमाडौं, असार २ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

उक्त प्रभावका कारण अहिले कोशी र मधेश, गण्डकी र बागमती प्रदेशमा बदली रही कोशी, मधेश र बाग्मती प्रदेशका केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकीर मधेश प्रदेशका एक(दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖